थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
काठमाडौ । पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै कोरोना संक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ ।













