एसीसी प्रिमियर कपमा ओमानमाथि नेपालको सानदार जीत
काठमाडैं । एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत नेपालले ओमानमाथि ८४ रननले विजयी भएको छ ।
कीर्तिपुरस्थिति त्रिवि मैदानमा आएको भएको खेलमा कुशल मल्लको कीर्तिमानी शतकको मदतमा नेपाली ओमानमाथि सानदार जित निकालेको हो ।
३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए भने दिपेन्द्रसिंह ऐरी दुई र ललित राजवंशी एक–एक विकेट लिए ।













