३१ श्रावण २०८३, आइतबार

सिंहदरबारको फोहोर ३ दिन भित्र उठाउन सर्वोच्च अदालतको आदेश



काठमाडौं। काठमाडौं महानगरपालिकालाई सर्वोच्च अदालतले सिंहदरवारको फोहोर उठाउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरवारभित्रको फोहोर तत्काल उठाउन आदेश दिएको हो ।
सिंहदरवारको फोहोर नउठाउने भनी काठमाडौं महानगरपालिकाका मेयर बोलेन साहले घोषणा गरेका थिए ।

न्यायाधीश राउतले शुक्रवार ३ दिनभित्र सिंहदरबारको फोहोर संकलन गरेर बिसर्जन गर्न आदेश गरेका छन् ।