यूनियन लाइफ इन्स्योरेन्सको परिवर्तित सेयर संरचना नेप्सेमा अभिलेख
यूनियन लाइफ इन्स्योरेन्सको परिवर्तित सेयर संरचना नेप्सेमा अभिलेख
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको परिर्वर्तित धितोपत्रको संरचना अभिलेख गरेको छ । यूनिक लाइफ इन्स्योरेन्सको सेयर संरचना नेप्सेले अभिलेख गरेको छ ।
कम्पनीको कुल २ करोड ३४ लाख २८ हजार ५५० कित्ता कायम रहेकामा नेपाल बीमा प्राधिकरणबाट सेयर संरचना परिवर्तन गर्ने सहमतिपत्र, नेपाल धितोपत्र बोर्डको पुँजी संरचना परिवर्तन अभिलेख र कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रबन्धपत्र नियमावलीमा संशोधन भएअनुसार कम्पनीको शेयर संरचना परिवर्तन गरिएको हो ।
अब कम्पनीको संस्थापक समूह तर्फको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको तर्फको हिस्सा ४९ प्रतिशत कायम रहने गरी संस्थापक समूहको कुल ४४ कारोड ५१ लाख ४२४ कित्ता सेयर आज अर्थात बैशाख १० गतेदेखि सर्वसाधारण समूहमा अभिलेख गरी सोही समूहअन्तर्गत कारोबार योग्य भएको छ ।













