३१ श्रावण २०८३, आइतबार

स्वर्णिम वाग्लेको सुरुवाति अग्रता कायमै, भट्टराई ५ हजार ७१३ मतले पछाडि



काठमाडौं । तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले सुरुवातदेखि नै अग्रता कायम राखेका छन् ।

उनले १३ हजार ७४९ मत सहित अग्र स्थानमा रहेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार गोबिन्द भट्टराईले पछ्याइ रहेका छन् । उनले हालसम्म ८ हजार ३६ मत प्राप्त गरेका छन् । वाग्ले भन्दा पनि ५ हजार ७१३ मतले पछाडि छन् ।

एमाले उम्मेदवार सर्वेन्द्र खनालको ४ हजार ३९५ मत र राप्रपा उम्मेदवारको ५५ मत रहेको छ ।