चितवनमा क्षेत्र नम्बर-२ मा मतगणना सुरु, कस्को पल्ला भारी !
काठमाडौं । चितवनमा क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । सोमबार दिउँसो बसेको सर्वदलीय बैठकले मतगणना २ बजे देखि सुरु गरेको हो ।
इच्छाकामना गाउँपालिकाको वडा न १ बाट मतगणना सुरु भएको हो । मंसिर ४ गते सम्पन्न भएको चुनाबमा राष्ट्रिय स्वत्रन्त्र पार्टीबाट रवि लामिछाने भारी मतले बिजेता हासिल गरेका थिए अहिले भने कस्ले बाजी मार्ला भन्ने कुराले सबैको चासोको विषय बनेको छ । राष्ट्रिय स्वत्रन्त्र पार्टीबाट उम्मदवार रवि लामिछाने, नेकपा एमालेबाट उम्मेदवार राम प्रसाद न्यौपाने, नेपाली काँग्रेसबाट उम्मेदवार जीत नारायण श्रेष्ठ उम्मेदवार रहेका छन् ।
लामिछानेले एक पटक जनतालाई धोका दिएको हुदाँ यसपटक आफ्नो पक्षमा नतिजा आउने श्रेष्ठले बताउदैं आएका छन् भने लामिछानेले थप बढी मत पाउनेमा आफु पूर्ण विश्वानिय रहेको बताउछन् । अहिले देशभरको ध्यान चितवन क्षेत्र न २ को मतगणना तिर लनिएको छ ।
मतगणनालाई प्रभाव नपरोस भनेर सुरक्षा ब्यवस्था निकै बलियो बनाइएको छ । आइतबार तीन वटा क्षेत्र तनहुँ १ चितवन २ र बारा २ मा उपनिर्वाचन भएको थियो।













