८ श्रावण २०८३, शुक्रबार

मेन्छियाम हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट हुने, ५ जना भाग्यमानीले ११ कित्ता पाउने



काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार (बैशाख १३ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार बुधबार बिहान १०ः३० बजे लैनचौर ब्यांक्वेटमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

कम्पनीको आइपीओमा १ अर्ब ३५ करोड ७ लाख ९६ हजार रुपैयाँको संकलन भएको थियो । जुन माग भन्दा १४.४४ गुणा बढी आवेदन हो ।१२ लाख २८ हजार २०० जनाले १ करोड ३५ लाख ७ हजार ९६० कित्ताका लागि आवेदन दिएका थिए ।

माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट गर्दा ९३ हजार ४९१ जनाले मात्र १०।१० कित्ता सेयर हात पार्नेछन् भने ५ जना भाग्यमानीले ११ कित्ता पाउनेछन् ।

कम्पनीले वैशाख ४ गतेदेखि ७ गतेसम्म १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो । जस मध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको थियो ।

बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।


प्रतिक्रिया दिनुहोस्