चितवनमा लामिछानेको जित सुनिश्चित, सरकारलाई दिएको समर्थन फिर्ता लिने
काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।
लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका छन् । सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ हु्ने हुदाँ त्यसलाई कायम राखिराख्न कारण नदेखिएको उनले बताए ।
साथै, उनले सरकारमा जाने त सम्भावनै नरहेको बताएका छन् ।













