३१ श्रावण २०८३, आइतबार

लक्ष्मी कमर्शियल भेहिकलस् र एभरेष्ट बैंकबिच गाडीहरु फाइनान्स गर्नेसम्बन्धी सम्झौता



काठमाडौं । लक्ष्मी कमर्शियल भेहिकल्स प्रालि र एभरेष्ट बैंक लिमिटेड बिच समझौता भएको छ । एसएमएल इसुजुको स्कूल बस, रुटबस, ट्रक, टिप्परमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेका हुन् ।

सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरब कुमारले तथा लक्ष्मी कमर्शियल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार एसएमल इसुजुका ग्राहकहरुले बैशाख १३ गते देखि नै ऋण सुविधालिन मिल्ने कम्पनीले जनाएको छ ।

लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औधोगिक तथा ब्यापारिक घराना हो । लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कारहरु, बिएमडब्लुका कारहरुको नेपालको एक मात्रआधिकारिक बिक्रेता हो । लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरु र एसएमएल इसुजुकाकमर्शियल गाडीहरुको आधिकारिक वितरक भै कार्य गरि आएको छ ।

एभरेष्ट बैंकसँग भएको सम्झौता अनुसार लक्ष्मी कमर्शियल भेहिकलसले नेपालमा आयात गरेर बिक्री वितरण गर्ने एसएमएल इसुजुकास्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा बैंकका नेपाल भर रहेका आफ्ना १२४ शाखा कार्यालय मार्फत गाडीको मुल्यको ७० प्रतिशत सम्म कर्जा लगानी गर्ने छ । यस्तो कर्जा बढिमा ७ बर्ष सम्मको लागि उपलब्ध हुनेछ । सर्भिस चार्ज र ब्याज दरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्शियलका बिजेनेश हेड सञ्जय खड्काले जानकारी दिएका छन् ।

यो सम्झौता पश्चात दुई संस्था बिचको ब्यापार बढाउन सहयोगी हुने र भबिष्यमा पनि सहकार्य गर्दैै अगाडि बढ्ने बिचार बैैकका डिपुटी जेनेरल मेनेजर गौरब कुमारले बताएका छन् । लक्ष्मी कमर्शियल भेहिकल्सको सबै शाखा कार्यालयहरु, डिलरहरुबाट एभरेष्ट बैंक सँग भएको सम्झौता अनुसार एसएमएल इसुजुका गाडी खरिद गर्ने ग्राहकहरुलाई आवश्यक ऋण लिने प्रकृयामा सहजीकरण गरिने लक्ष्मी कमर्शियलका नेटवर्क हेड इश्वर दहालले जानकारी दिएका छन् ।

लक्ष्मी ग्रुप अन्र्तगतको लक्ष्मी कमर्शियल भेहिकलस् प्रालिले नेपालमा एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक वितरकको रुपमा कार्य गर्दै आएको छ । यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमा आयात गरि नेपालको बजारमा बिक्री वितरण गर्ने र उक्त गाडीहरुलाई बिक्री पछिको सेवा पनि दिदै आएको छ ।

एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका स्कुलबसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरु देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादनगर्ने गर्दछ । मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरु नेपालमा ग्राहकहरुको रोजाइमा पर्न सफल भएका छन् ।