३१ श्रावण २०८३, आइतबार

कतारलाई हराउँदै नेपाल समूह विजेता, सन्दीप लामिछानेले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन



काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत कतारविरुद्धको खेलमा नेपालले जित निकालेको छ। कमजोर ब्याटिङ गरेको नेपालका बलर चम्किँदा कतार ठूलो रन अन्तरले पराजित भएको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको हो । जितसँगै नेपाल ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्न सफल भएको छ।

समूहमा ६ अंक जोडेको ओमान उपविजेता बनेर अन्तिम चारमा रह्यो । अब नेपालले समूह बी को उपविजेतासँग आगामी शनिबार सेमिफाइनलमा खेल्नेछ।

बिहीबार नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अलआउट भएको हो । नेपालको जितमा सन्दीप लामिछानेले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरे। बलिङमा पाँच विकेट लिँदा ब्याटिङतर्फ नेपालका लागि सर्वाधिक नटआउट ४२ रन जाडेका हुन् ।

सन्दीपले ९.१ ओभरमा ५ विकेट लिँदा ३ मेडन राखे भने १४ रन मात्र खर्चिए।