अप्पर स्याङ्गे हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति समेत पाएको हो ।
बोर्डले कम्पनीलाई कुल ८ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपाली तथा दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ ।













