३१ श्रावण २०८३, आइतबार

शाखा कार्यालय संचालनका लागि काठमाडौं उपत्यकाको ९ स्थानमा भवन भाडामा खोज्दै नबिल बैंक



काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यकाको ९ ठाउँमा भवन भाडामा खोजेको छ ।

बैंकले प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय संचालनाका लागि उपत्यकाका ९ स्थानमा भवन भाडामा लिन खोजेको हो । सो प्रयोजनका लागि भूई तल्ला वा पहिलो तल्लाको १ हजार देखि १ हजार ५ सय वर्ग फिट क्षेत्रफल भएको भवन आवश्यक रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार काठमाडौं जिल्लाका बुढानीकण्ठ नगपालिका–८ भङ्गाल, पुतलीसडक, सामाखुसी–कपुरधारा, बाफल चोक, शान्तिनगरमा भवन आवश्यक रहेको जनाएको छ ।

यस्तै, ललितपुरका लागि भने च्यासल, भनिमण्डल र बागडोल लगायको स्थानमा भवन भाडामा लिन खोजको हो । सो स्थानहरुमा भवन भाडामा उलपब्ध गराउन इच्छुक घरधनीहरुले शिलबन्दी पेश गनृ सक्नेछन् ।

प्रस्तावित भवनहरुमा पानी, बिजुली तथा पार्किङ्गको सुविधासहित घटीमा ६ मिटर चौडाईको मोटर बाटो हुनुपने, सडक विस्तार योजनामा नपरेको हुनुपर्ने बैंकले जनाएको छ ।

भवनको भुई तल्लामा एटीएम तथा जेनेरेटर राख्नको लागि स्थान उपलब्ध गराउनु पर्ने र भुकम्प प्रतिरोधात्मक भवनलाई प्राथमिकता दिईने बैंकले जनाएको छ ।

शाखा कार्यालय संचालानार्थ घटीमा १५ (पन्ध्र) वर्षको लागि भवन उपलब्ध गराउनु पर्नेछ । बैंकले घरभाडा भुक्तानी गर्दा प्रचलित कानून अनुसार सम्पूर्ण कर कट्टी गर्ने जनाएको छ ।

शिलबन्दी बोलपत्र आगामी बैशाख २४ गते ४ बजेभित्र बुझाउन पर्नेछ । ईच्छुक घरधनीहरुले सो प्रस्ताव फाराम, बैंकको प्रशासन विभाग, घण्टाघर, कमलादी, काठमाण्डौं र सम्बन्धित शाखा कार्यालयहरुवाट निःशुल्क प्राप्त गर्न सकिने छ । यसका साथै बैंकको वेभसाइटबाट पनि डाउनलोड गर्न सकिनेछ ।