८ श्रावण २०८३, शुक्रबार

माई खोला हाइड्रोपावरको आइपीओ बाँडफाँटको मिति तय, १ लाख २६ हजारले १०।१० कित्ता पाउने



काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आइपीओ मंगलबार (बैशाख १९ गते) कार्यालय मै बाँडफाँट हुने भएको हो । बाँडफाँटको समय भने तय नभइसकेको क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ४८ करोड ७ लाख ७५ हजार रुपैयाँको संकलन भएको थियो वैशाख १२ गतेसम्ममा १३ लाख ३१ हजार २३८ जना सर्वसाधारण आवेदकले १ करोड ४८ लाख ७ हजार ७५० कित्ताको लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ११.६६ गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुने छ । जसमा १ लाख २६ हजार ९४१ जना आवेदकले १०।१० कित्ता पाउने छन् भने १ जना भाग्यमानीले ११ कित्ता सेयर पाउने छ ।

कम्पनीले बैशाख ८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले सर्वसाधारणका लागि बाँकी रहेको सेयरमध्ये पनि ५ प्रतिशत दरको ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । २ प्रतिशत दरको ३० हजार ५८८ कित्ता सेयर कर्मचारीमा बाँडफाँट गरिसकेको कम्पनीले १२ लाख ६९ हजार ४११ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो।


प्रतिक्रिया दिनुहोस्