लाभांश पारितका लागि एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दैं
लाभांश पारितका लागि एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दैं
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५औं वार्षिक साधारण सभा आज अर्थात बैशाख १८ गते बस्दैंछ। सभा होटल क्लासिक सिमरा बारामा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परक्षिकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । त्यस्तै, कम्पनीको अधिकृत पूँजी ५ अर्ब बृद्धि गरी ६ अर्ब कायम गर्न प्रबन्धपत्रको दफा ६।१ ९क० मा संशोधन गर्ने समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीको बैशाख ८ गते बुक क्लोज गरेको हुदाँ बैशाख ७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।













