नेपाललाई पाँचौ सफलता, सन्दिपले लिए विकेट
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएई विरुद्ध नेपालले पाँचौ विकेट हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले १३.१ओभरमा पाँचौ विकेट गुमाएको हो । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले रोहन मुस्तफाको विकेट हात पारे ।
यसअघि करण केसीले २ तथा सोमपाल कामी र ललित राजवंशीले एकएक विकेट हात पारे ।













