३१ श्रावण २०८३, आइतबार

नेपाल र यूएईबीचको खेल आज हुन नसके भोलि ९ विकेटबाटै सुरु हुने



काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत जारी फाइनल नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनाउँदा खेल वर्षाका कारण प्रभावित भएको हो ।

आज खेल वर्षा भएर हुन नसके भोलिका लागि रहेको ‘रिजर्भ डे’ मा खेलाइने छ । तर यदि भोलि ‘रिजर्भ डे’ मा भने अहिलेकै अवस्थाबाट खेल हुने क्यानले जनाएको छ । युएईले २७ ओभर ३ बलमा गुमाएको ९ विकेटबाट ब्याटिङ गर्न आउनेछ । भोलि पनि खेल हुन नसके दुई पटकसम्म सुपर ओभर खेलाएर नतिजा निकाल्ने प्रयास हुनेछ ।

सो कुरा पनि सम्भव नभए प्रतियोगिताको वरीयता अर्थात आईसीसीको एकदिवसीय वरीयता अनुसार विजेता घोषणा तय गरेको छ ।