नेपाली अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब, आर्थिक वृद्धिदर १.८६ प्रतिशत
काठमाडौं । नेपालको आर्थिकमा संकुचन आएको छ । चालु आर्थिक वर्ष २०८९/८० मा नेपालको आर्थिक वृद्धि १.८६ प्रतिशतमा सिमित हुने भएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले यस्तो अनुमान गरेको हो ।
चालु आवमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्य २.१६ हुने प्रारम्भिक अनुमान रहेको छ । नेपालको अर्थतन्त्रको आकार चालु आवमो ५३ खर्ब ८१ अर्ब पुग्ने प्रारम्भिक अनुमान रहेको बताइएको छ ।












