१० श्रावण २०८३, आइतबार

एक महिनामा जीवन बीमा कम्पनीले गरे ११ अर्बको ब्यवसाय, कुनको कति ?

एक महिनामा जीवन बीमा कम्पनीले गरे ११ अर्बको ब्यवसाय, कुनको कति ?



काठमाडौं । एक महिना मै जीवन बीमा कम्पनीहरुले ११ अर्ब रुपैयाँको ब्यवसाय गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार चैत महिनामा मात्र जीवन बीमा कम्पनीहरुले ११ अर्ब ९५ लाख ७० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

चैत महिनामा मात्र जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क २ अर्ब ४८ करोड ८ लाख १६ हजार रुपैयाँ र नवीकरण बीमा शुल्क मार्फत ८ अर्ब ५२ करोड ८७ लाख ५४ हजार रुपैयाँ आर्जन गरेका छन् ।

चैतमा मात्र सबै भन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिमा २ अर्ब २९ करोड ४४ लाख रुपैयाँको बीमा ब्यवसाय गरेको हो ।

दोस्रो स्थानमा एलआइसी नेपालले १ अर्ब ४४ करोड ७२ लाख रुपैयाँ, तेस्रो स्थानमा नेशनल लाइफले १ अर्ब १५ करोड २३ लाख रुपैयाँ, चौथो स्थानमा सूर्यज्योति लाइफले ७१ करोड ९२ लाख रुपैयाँ, पाँचौ स्थानमा एशियन लाइफले ६० करोड २१ लाख रुपैयाँ र छैंटो स्थानमा युनियन लाइफले ५७ करोड ७७ लाख रुपैयाँ चैतमा मात्र बीमा शुल्क आर्जन गरेका हुन ।

साथै, चैतमा मात्र बीमा शुल्क आर्जन गर्ने कम्पनीमा मेट लाइफले ४८ करोड ६२ लाख रुपैयाँ, सिटिजन लाइफले ४४ करोड ५१ लाख रुपैयाँ, रिलायबल नेपालले ३८ करोड ३८ लाख रुपैयाँ, प्राइम लाइफले ३७ करोड ६२ लाख रुपैयाँ, आइएमइ लाइफले ३६ करोड ३८ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ३६ करोड ३४ लाख रुपैयाँ, सन नेपाल लाइफले २९ करोड १ लाख रुपैयाँ र गुराँस लाइफले २५ करोड ५१ लाख रुपैयाँ रहका छन् ।

त्यस्तै, महालक्ष्मी लाइफले १६ करोड ७९ लाख रुपैयाँ, प्रभु लाइफले १५ करोड ४७ लाख रुपैयाँ र सानीमा रिलायन्स लाइफले ९ करोड ४२ लाख रुपैयाँ चैतमा मात्र बीमा शुल्क आर्जन गरेका हुन् ।