८ श्रावण २०८३, शुक्रबार

मोदी ईनर्जीको आइपीओमा ५९ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?



काठमाडौं । मोदी ईनर्जी लिमिटेडको आइपीओमा ५९ करोड ८२ लाख २७ लाख रुपैयाँ संकलन भएको छ ।
सिडिएस अनुसार बुधबार साँझ ५ः२ बजे सम्ममा ५ लाख २८ हजार २४६ आवेदकबाट ५९ लाख ८२ हजार २७० कित्ताका लागि आवेदन परेको हो । जुन माग भन्दा १.०७ गुणा बढी आवेदन हो ।

कम्पनीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको छ । जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ । त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । बाँकी ५९ लाख ९४ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आइपीओमा वैशाख २४ गतेसम्म र ढिलोमा जेठ २ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ ।

कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्