नेपाल रिपब्लिक मिडियाले बैशाख ३१ गतेदेखि आइपीओ निष्कासन गर्ने, कति कित्ता आवेदन दिने ?
काठमाडौं । नेपाल रिपब्लिक मिडियाले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्ने लागेको हो ।
कम्पनीले जेठ २६ गतेदेखि सर्वसाधारण र वैशाख ३१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गर्न भएको हो । जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।जसअनुसार यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । जस मध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
साथै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता र बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणले जेठ ३० गतेसम्म वा ढिलोमा असार ८ गतेसम्म आइपीओ खुला रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ १४ गतेसम्म आइपीओमा आवेदन दिनसक्नेछन् ।
बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ ।













