३० श्रावण २०८३, शनिबार

भूकम्पले निरन्तर धक्का दिदैं पश्चिम भूभाग



काठमाडौं । केहि महिना यता नेपालका पश्चिम भूभागमा निरन्तर भूकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४.१ म्‍याग्निच्यूडको भूकम्प गएको हो।

वैशाख १८ गते दिँउसो २ बजेर ३५ मिनेटमा हुम्ला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
निरन्तर गइरहेको भूकम्पले जनसमुदाय त्रसित बन्दै गएका छन् । माघ यता मात्रै बाजुरा केन्द्र बिन्दु भएर नौ वटा भूकम्पका धक्काहरु गएको छ।
 

२२ कात्तिक राति ९ बजेर ७ मिनेटमा ५.७, राति ९ बजेर ५६ मिनेटमा ४।१ म्याग्निच्युड र बुधबार बिहान दुई बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा गरी ६ जनाको ज्यान गएको थियो । सो समय देखि सुदुरपश्चिकका जिल्ला केन्द्र बनाइ भूकम्प गइरहेको छ । पहाडी भूभागमा घरहरु ढुङ्गाबाट बनेको हुने हुदाँ जोखिम झनै बढाएको छ ।