३० श्रावण २०८३, शनिबार

आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु



काठमाडौं — आज (बैशाख २४ गते) देखि संघीय संसद्को बजेट अधिवेशन सुरु भएको छ।

संसद् सचिवालयका अनुसार अधिवेशनको पहिलो दिन मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस हुनेछ । अर्थमन्त्री प्रकाशशरण महतले आउँदो आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्दै छन् ।

आगामी आर्थिक वर्षको बजेट जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । सोे बमोजिम वार्षिक नीति तथा कार्यक्रम पेस हुनेछ ।