लगानी गर्ने होइन त ? रावा इनर्जिको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रावा इनर्जि डेभलपमेन्टको आईपीओ आयोजना प्रभावित स्थानिय बासिन्दाले आवेदन दिने आज (बैशाख २४ गते) अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले आवेदन दिने म्याद भने बैशख ७ गते सकिएको हो।
कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको १० प्रतिशतले हुने २ करोड ८० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको छ ।
त्यस्तै, दोस्रो चरणमा जारी हुने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५६ लाख रुपैयाँ बराबरको ५६ हजार कित्ता आईपीओ कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।
आयोजना प्रभावित स्थानीयको हकमा खोटाङ्ग जिल्ला केपीलासगडी गाउँपालिका ९साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाउँ विकास समिति० का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।













