बाराही हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बाराही हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौ । बाराही हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बैशाख २१ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको आधारमा १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको शतप्रतिशत हकप्रद पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेश गर्ने निर्णय समेत भएको छ ।

कम्पनीले बाग्लुङमा १.५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको हो । सो काम सम्पन्न गरी २०७४ असार २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्