काठमाडौं महानगरले क्षतिपूर्ति दिएर टुकुचामाथिको संरचना भत्काउन सक्ने (पूर्णपाठ)
काठमाडौं । उच्च अदालत पाटनले टुकुचाको विषयमा काठमाडौं महानगरपालिकाको पक्षमा फैसाला गरेको छ । अब महानगरले क्षतिपूर्ति दिएर टुकुचामाथिको संरचना भत्काउन सक्ने भएको हो ।
उच्च अदालत पाटनले महानगरले नै नक्सा पास गरेको अवस्थामा क्षतिपूर्ति नदिई संरचना भत्काउन भने नक्सने भएका हो । गत माग १८ गते उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यले घरजग्गाको लालपूर्जा भएकाले क्षतिपूर्ति दिएर हटाउन सक्ने भएको हो ।













