३० श्रावण २०८३, शनिबार

अन्तिम दिनसम्म कति पर्यो मोदी ईनर्जीको आइपीओमा आवेदन ?



काठमाडौं । मोदी ईनर्जी लिमिटेडको आइपीओमा आज अन्तिम दिन (बैशाख २४ गते) सम्म १ अर्ब ४३ करोड १२ लाख ९८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज साँझ ५ः३ बजेसम्म १२ लाख ८६ हजार ६२३ जना आवेदकले १ करोड ४३ लाख १२ हजार ९८० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ । त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । बाँकी ५९ लाख ९४ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।