अर्थमन्त्री महतले विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकता प्रस्तुत (पूर्णपाठ) - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अर्थमन्त्री महतले विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकता प्रस्तुत (पूर्णपाठ)



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश सरण महतले आइतबार प्रतिनिधि सभामा विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । महतले अर्थतन्त्र चलायमान बनाउने गरी आगामि बजेट ल्याउने बताएका हुन् ।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवम् समावेशी आर्थिक बृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने, सुशासन प्रबद्र्धन, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारिता कायम गर्ने तर्फ परिलक्षित हुने बताएका छन् ।

साथै, सरकारी, निजि र सहकारी क्षेत्रको लगानीको प्रभावकारीता वृद्धि गरी उत्पादनमुखी अर्थतन्त्रको आधार निर्माण गर्ने तर्फ बजेट केन्द्रि हुने र अर्थतन्त्रलाई गतिशिल बनाई दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्व कायम गर्न वित्त नीति र मौद्रिक नीति बीच तादात्म्ता कायम गरिने बताएका हुन् । संविधान प्रदत्त मौलिक हक र दिगो विकास लक्ष्य लगायतका अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरुप गुणस्तरीय शिक्षा, स्वास्थ्य र खानेपानी उपलब्ध गराउने नीति लिइने जनाएका छन् ।

त्यस्तै, सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने तर्फ बजेट निर्देशित हुने । जलविद्युत परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका कार्यक्रमलाई आयोजनाको प्रारम्भिक चरणदेखि नै समावेश गर्दै लगिने बताएका हुन् ।

“निजी क्षेत्रलाई आर्थिक वृद्धिको संवाहकको रुपमा विकास गरिनेछ । लगानीमैत्री बातारण सिर्जना गरी आर्थिक वृद्धि र रोजगारी सिर्जना गनै निजि क्षेत्रको भूमिकालाई सवल बनाइनेछ । नीतिगत स्थिरता, ब्यवसायमैत्री नीति र प्रक्रिया सरलीकरण गरी स्वदेशी तथा विदेशी लगानी आकर्षिक गरिनेछ” अर्थमन्त्री महतले भने ।


प्रतिक्रिया दिनुहोस्