सिटि होटलको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । सिटि होटल लिमिटेडले आज (बैशाख २५ गते) देखि आइपीओ निष्कासन भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो ।
कम्पनीले पहिलो चरणमा बैदेशीक रोजगारीमा गएका नेपाली कामदार निष्कासन गरेको आइपीओ बाँडफाँट समेत गरी सकेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत ९१६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता० सेयर निष्काशन गरेको हो ।
जस मध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो । बाँकी ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले वैशाख २५ गतेदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन् । माग बमोजिमको आवेदन नपरको खण्डमा जेठ ८ गतेसम्म दिन सकिनेछ कम्पनीले जनाएको छ ।













