३० श्रावण २०८३, शनिबार

अर्थमन्त्री नभएपछि १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित



काठमाण्डौ । प्रतिनिधि सभामा अर्थमन्त्री डा. प्रकाशशरण महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बैठकमा आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको थियो । छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएसँगै बैठक सञ्चालमा प्रतिपक्ष दलका सांसदले अवरोध गरेका हुन् ।