३० श्रावण २०८३, शनिबार

हरिवन नगरपालिकामा टेलिमेडिसिन सेवा संचालन



काठमाडौं । हरिवन नगरपालिका द्वारा स्वास्थ्य सेवा विस्तार योजना अन्तर्गत विविध स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन कार्यक्रम संचालन गरिएको छ ।

टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाईराइड विशेषज्ञ डा. ज्योति भट्टराईद्वारा हरिवन–४ निवासी कान्छीमायासंगको भिडियो सम्बाद मार्फत गरिएको थियो । नगरपालिकाको विशेषज्ञ सेवा अन्तर्गत डा. नरेन्द्र मैनालिद्वारा प्रत्यक महिना १०० भन्दा बढि बिरामीहरुको चेकजाँच गर्दै आएका छन् ।

यस कार्यक्रम तेश्रो महिनासम्म आईपुग्दा सेवा थप गर्दै डा.अरुण कुँवरद्वारा मानसिक स्वास्थ्य सम्बन्धि चेकजाँच तथा निःशुल्क औषधी वितरण कार्य हुँदै आईरहेको छ । यसका साथै बालबालिकाहरुको मानसिक रोग सम्बन्धि तिनदिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भईसकेको छ ।

हालसम्म १५० भन्दा धेरै स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा शिक्षकशिक्षिका हरुलाई अभिमुखिकरण तालिम प्रदान गरिएको छ । १६४ जना मानसिक रोगिहरुको स्वास्थ्य जाँच गरि १०/१२ जना गम्भिर प्रकृतिका मानसिक रोगिहरुको पहिचान गरि थप उपचारका लागि सिफारिस गरिएको छ ।