करेन्ट चाउचाउ १ अर्ब ३० करोड रुपैयाँ बराबरको निर्यात, १५ हजार मानिसलाई रोजगारी
काठमाडौं । नेपालले करेन्ट चाउचाउ एक वर्षमा १ अर्ब ३० करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । उत्पादक कम्पनी यशोदा फुड्सका अनुसार नेपालबाट करेन्ट चाउचाउ प्रतिवर्ष १ करोड अमेरिकी डलर (करिब १ अर्ब ३० करोड रुपैयाँ) बराबरको निर्यात हुने गरको छ ।
उत्पादनको छोटो समयमै चाउचाउ नेपाली बजारमा सबैभन्दा लोकप्रिय हुनुका साथै भारत, अष्ट्रेलिया र अमेरिकाजस्ता मुलुकहरूमा पनि निर्यात हुँदै आएको छ । सके सम्म देश भित्रकै साम्रगी र खाद्यान्न प्रयोग गरेर देशलाई अन्तराष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल करेन्टले बिदेशी मुद्रा भित्राएर देशको आर्थिक बिकासमा पनि निकै ठुलो टेवा पुर्याएको छ ।
स्वदेशमै बिदेशी स्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट नामबाट चाउचाउ उत्पादन गरेको केहि बर्षमै आज करेन्ट नेपाली बजारमा छाउँदै भारत अस्ट्रेलिया र अमेरिका जस्ता मुलुकहरुमा पनि निर्यात हुन थालेको छ । बिदेशी बजारमा रहेको करेन्टको लोकप्रियतालाई यसको प्रति बर्ष १ करोड अमेरिकी डलर बराबरको निर्यातले प्रस्ट पारेको छ ।
देशभर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लगभग १५ हजार मानिसलाई रोजगारी दिँदै करेन्टले देशका ५ जिल्लाका १० हजार किसानलाई पनि बजार दिँदै आएको छ । सन् २०१७ मे ७ मा रुपन्देही तिलोत्तमा बाट आफ्नो उत्पादन सुरुवात गर्दै खाद्य सामाग्रीको बजारमा प्रविष्ट भएको कम्पनीले करेन्ट चाउचाउ उत्पादनका लागि ५ जिल्लाका १० हजारभन्दा बढी कृषकमार्फत अकबरे खुर्सानी लगायत कृषि उत्पादनहरू खरिद गर्दै आएको छ ।
किसानहरुलाई खुर्सानी उत्पादनका लागि प्रोत्साहन गर्नुका साथै उनीहरुको उत्पादनलाई बजार दिँदै करेन्टले देशका बिभिन्न ठाउँमा रोजगारी सिर्जना गरिरहेको छ । यस्ले देशका केहि ठाँउमा वैदेशिक रोजगारी भन्दा देशमै पसिना बगाउनु उचित हो भन्ने भावनालाई पनि उजागर गरिरहेको छ ।
करेन्टले देश भित्रै बिदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरे सँगै नेपाली बजारमा हुने पिरो चाउचाउको आयात पनि १५ प्रतिशतले घटेको तथ्याङ्कले बताउँछ । देशको खस्कँदो अर्थतन्त्रमा निर्यात मार्फत केही हद सम्म सुधार ल्याउँदै करेन्टले आफु जस्ता अन्य स्वदेशी उत्पादकहरुलाई पनि प्रोत्साहन गरिरेहको छ । र नेपाली उत्पादन करेन्ट यसरी सबैमाझ परिचित हुनु देशको लागि एउटा गर्वको कुरा त हो नै अझै नेपालमै पसिना बगाउन चाहने किसानका लागि अवसर र व्यपार व्यवसाय गर्ने सोच राख्नेहरुका लागि एक उत्कृष्ट उदाहरण पनि हो ।
लामो अनुसन्धानपछि नेपाल मै उत्पादित पिरो चाउचाउले बजार पाउन सक्छ भन्ने पक्कापक्कीपछि यशोदा फुड्सले ‘करेन्ट’को उत्पादन सुरु ग¥यो । उत्पादनको ६ वर्षमै पिरो चाउचाउ करेन्टले नेपाली र विदेशी बजारको ठूलो हिस्सा ओगटेको छ ।
करेन्ट चाउचाउले स्वदेशमा मात्र होइन, विदेशमा पनि राम्रो बजार लिएको छ । विदेशमा पनि करेन्ट चाउचाउको मनग्य माग रहेको उत्पादक बताउँछ । नेपालमा करेन्ट चाउचाउ काठमाडौं, विराटनगर, चितवन, बुटवल, पोखरा जस्ता मुख्य शहरमा बढी बिक्री हुन्छ । अनलाइनमार्फत पनि करेन्ट चाउचाउ किन्न पाइन्छ । ‘नराम्रोलाई सुधार्दै लैजाने र राम्रोलाई अझै राम्रो बनाउने प्रयास जारी नै रहनेछ,’ कम्पनीको भनाइ छ ।
नेपाल मै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउको उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामग्री सरकारबाट अनुमति प्राप्त भएकाले यो स्वस्थकर भएको कम्पनीको दाबी छ । कम्पनी कै मागअनुसार मकवानपुरमा स्थानीय कृषकले ३० हेक्टरभन्दा बढी बाँझो जमिनमार्फत अकबरे खुर्सानी उत्पादन सुरु गरेका छन् ।













