पूर्व गृहमन्त्री खाणका स्वकीय सचिव पनि पक्राउ
काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले एक्सन अगाडि बढाएको छ ।
पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई आज उनकै चुच्चेपाटी स्थित निवासबाट प्रक्राउ गरेसँगै अहिले उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका हुन । प्रहरीले उनलाई बुधवार बिहान जडिबुटीबाट पक्राउ गरेको हो ।












