८ श्रावण २०८३, शुक्रबार

सिटि होटलको आइपीओमा ८० करोड रुपैयाँ संकलन, आवेदन दिने भोलि अन्तिम दिन



काठमाडौं । सिटि होटल लिमिटेडको आइपीओमा ८० करोड ६७ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधबार साँझसम्म ७ लाख २४ हजार ६३९ जना आवेदकले ८० लाख ६७ हजार ४ सय कित्ता सेयरको लागि आवेदन परेको हो ।

कम्पनीले बैशाख २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले पहिलो चरणमा बैदेशीक रोजगारीमा गएका नेपाली कामदार निष्कासन गरेको आइपीओ बाँडफाँट समेत गरी सकेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत ९१६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

जस मध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो । बाँकी ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले वैशाख २५ गतेदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन् । माग बमोजिमको आवेदन नपरको खण्डमा जेठ ८ गतेसम्म दिन सकिनेछ कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्