छुट्नु होला है ? सिटि होटलको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिटि होटल लिमिटेडको आइपीओमा आवेदन दिने आज (बैशाख २८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो ।
कम्पनीले पहिलो चरणमा बैदेशीक रोजगारीमा गएका नेपाली कामदार निष्कासन गरेको आइपीओ बाँडफाँट समेत गरी सकेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत ९१६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गरेको हो ।
जस मध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो । बाँकी ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।













