तपाइलाई पर्यो त मोदी ईनर्जीको आईपीओ ? यी चार तरिकाबाट हेर्नुहोस् नतिजा
काठमाडौं । मोदी ईनर्जी लिमिटेडको आइपीओ बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यलयमा आज (बैशाख ३१ गते) बाँडफाँट भएको छ ।
कम्पनीको आईपीओमा १२ लाख ३६ हजार २६९ जना आवेदकले १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि आवेदन दिएका थिए । यसमध्ये ६ हजार ५२८ आवेदकको आवेद रद्द भई १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन कायम भएको थियो ।
माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा यी मध्ये ५ लाख ६१ हजार २२६ आवेदकले १०।१० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीको आइपीओ यी चार तरिकाबाट हेर्नसकिनेछ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धकको वेबसाइटः https://www.sunrisecapital.com.np/
सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login
कम्पनीको बेवसाइटः https://modihydro.com/













