८ श्रावण २०८३, शुक्रबार

५ सय कित्ता भर्न मिल्ने नेपाल रिपब्लिक मिडियाको आइपीओ बिक्री खुला



काठमाडौं । नेपाल रिपब्लिक मिडियाले आइपीओ निष्कासन भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो ।

कम्पनीले आज (वैशाख ३१ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गर्न भएको हो । जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।जसअनुसार यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । जस मध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

साथै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता र बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ १४ गतेसम्म आइपीओमा आवेदन दिनसक्नेछन् ।

बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । कम्पनीले जेठ २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्