एनआईबिएल एस क्यापिटलसहित तीन कम्पनीको सहकार्यमा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न
काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान – चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सको सहकार्यमा मे १०, २०२३ बुधबार चितवन स्थित होटल सिराइचुलीमा रोड टु आईपीओ’ कार्यशाला सम्पन्न भएको छ ।
एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान – चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सलेचितवनको कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरूलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउनको लागी यस्तो कार्यशाला आयोजना गरेको हो ।
कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिब पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाको प्रस्तुति रहेको थियो । कार्यक्रमको सफल कार्यान्वयनको लागि सन्दिप फुयाल, सन्तोश रेग्मी र निशान पौडेलले सक्रिय भुमिका निर्वाह गरेको थियो ।
उक्त कार्यशालाले कानूनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, साइज समयरेखा र विधिहरूमा केन्द्रित रहेको आईपीओ सम्बन्धी ज्वलन्त उधाहरणहरु समेटेको थियो ।













