३० श्रावण २०८३, शनिबार

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?



काठमाडौं । भारतीयबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटेर नयाँ मूल्यसूची पठाएको हो ।

निगमलाई १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।