सिटि होटलको आइपीओ बाँडफाँटको मिति तय, एक लाख ३५ हजारले १०।१० कित्ता पाउने
काठमाडौं । सिटि होटल लिमिटेडको आइपीओ शुक्रबार (जेठ ५ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार जेठ ५ गते बिहान ९ः३० बजे कार्यालयमा बाँडफाँट हुनेछ ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब २७ करोड ८८ लाख ९९ हजार रुपैयाँ संकलन भएको हो । ११ लाख ६१ हजार २८० आवेदकबाट १ करोड २७ लाख ८८ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । जुन माग भन्दा ९.४३ गुणा बढी हो ।
माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १ लाख ३५ हजार ५९४ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।
कम्पनीले बैशाख २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत ९१६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गरेको थियो।
जस मध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो । बाँकी ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयर बिक्री गरेको थियो ।













