८ श्रावण २०८३, शुक्रबार

रावा इनर्जि डेभलपमेन्टको आइपीओ बाँडफाँट सम्पन्न, यसरि हेर्नुहोस् नतिजा



काठमाडौं । रावा इनर्जि डेभलपमेन्टले आइपीओ बाँडफाँट गरको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि निष्कासन गरेका आइपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको १० प्रतिशतले हुने २ करोड ८० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको थियो । कम्पनीको आइपीओ जेठ १ गते बाँडफाँट गरेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयको हकमा खोटाङ्ग जिल्ला केपीलासगडी गाउँपालिका (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाउँ विकास समिति) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन खुला गरेको थियो ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाइट https://www.prabhucapital.com/ हेर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्