सूर्यज्योति लाइफको साधारण सभा आज बस्दैँ
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५औं वार्षिक साधारण सभा जेठ ४ गते (आज) बस्दैँछ । वैशाख ११ गते बसेको संचालक समितिको बैठकले विराटनगरस्थित होटल हैरिसन प्यालेसमा बस्ने भएको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालक निर्वाचन समेत गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि वैशाख २१ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ वैशाख २० गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।













