हिम रिभर पावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौं । हिम रिभर पावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २६ करोड ६० लाखको आईपीओ ल्याउनेका लागि बिक्रि प्रबन्ध सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको हो ।
लिपिङ खोलामा निर्माण भैरहेको आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ । कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुने १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि जारी गर्नेछ । बाँकी रहेको १३ करोड ३० लाख मूल्य बराबरको आईपीओ भने आम सर्वसाधारणका लागि निष्काशन हुनेछ ।












