३० श्रावण २०८३, शनिबार

सरकारले ०८० को दशकलाई ‘नेपाल भ्रमण दशक’ का रुपमा मनाउने



काठमाडौं । सरकारले ०८० को दशकलाई ‘नेपाल भ्रमण दशक’ का रुपमा मनाउने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल सरकारको आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाइने छ ।

सन् २०२५ को वर्षलाई विशेष पर्यटन वर्षका रुपमा बताएका हुन् । पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरमा चर्चित र ख्यातिप्राप्त व्यक्तिलाई आमन्त्रण गरी पर्यटन प्रवर्द्धनमा जोड दिने निति सरकारको रहेको छ ।