१० श्रावण २०८३, आइतबार

सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क छुट दिने



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क (ब्याज) छुट साथ पुनर्जागरण गर्ने भएको छ ।

बीमा प्राधिकरणद्धारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७९ को दफा ११ को उपदफा २ र ३ ले प्रदान गरेको अधिकारको अधिनमा रही ब्यतित भएका बीमालेखहरु बीमितको चालु राख्नका लागि भुक्तानी गर्नु पर्ने नवीकरण बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा पूर्ण छुट दिने भएको हो ।

उक्त सुविधा २०८० जेठ ७ गतेदेखि २०८० असार १५ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । बिलम्ब शुल्क छुट बीमा अवधि भरी एक पटक मात्र पाइने हुदाँ तोकिएको समय भित्र नवीकरण बीमाशुल्क भुक्तानी गर्ने कम्पनीले अनुरोध गरेको हो ।