यस्तो रिलायबल नेपाल लाइफको बोनस दर, कुन योजनामा कति ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बोनस दर सार्वजनिक गरको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को आर्थिक स्थितीको लेखाजोखा दायित्वको मूल्याङन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन स्वीकृति भएपछि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीको बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले जेठ १ गते स्वीकृत गरेको हो । कम्पनीले विभिन्न बीमा योजनामा बोनस प्रतिहजार बीमाङ्क २० रुपैयाँदेखि ७५ रुपैयाँसम्म निर्धारण गरेको छ ।
बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने छ । साथै, अर्का बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत नभएसम्म भुक्ता गर्ने सम्पूर्ण दाबीहरुमा सोहि बोनस दर कायम हुने कम्पनीले जनाएको छ ।













