३० श्रावण २०८३, शनिबार

स्रोत नखुलेको छ लाख भन्दा बढी भारतीय रूपैयाँसहित दुई जना पक्राउ



काठमाडौं । स्रोत नखुलेको भारतीय ६ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

कृष्णनगर नगरपालिका २ लिङगेटबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रूपैयाँसहित पाल्पा घर भई बिगत २० वर्षदेखि भारत लखनउमा बस्दै आएकी ४० वर्षीया राधा सारुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लिङगेटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्री राधालाई उक्त भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि रकमसहित राजश्व कार्यालय बुटवल पठाइएको छ ।

वीरगंज महानगरपालिका(१६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको १ लाख ७३ हजार ९ सय भारतीय रूपैयाँसहित बारा कलैया उपमहानगरपालिका १८ मोतिसर टोल बस्ने ५४ वर्षीय मेहीलाल प्रसाद साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनार्वावाट खटिएको टोलीले भारत रक्सौलबाट वीरगंज बजारतर्फ आउँदै गरेको ना. २ प १११३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।