२९ श्रावण २०८३, शुक्रबार

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमटेडले संस्थापक सेयर बिक्री खुल्ला गर्ने भएको छ । बैशाख २१ गते बसेको सञ्चालक समितिको बैंठकले इच्छुक संस्थापक सेयरधनीले सेयर खरिद गर्न सूचना प्रकाशीत गरेको छ ।

कम्पनीले ब्रिक्री मूल्य र बिक्री गर्ने सेयरधनीको नाम भने खुलाएको छैन् । उक्त सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनी बैंकको कम्पनी सचिवको कार्यालयमा ३५ दिनभित्र आवेदन दिन सकिनेछ ।

तोकिएको समयमा विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रचलित कानूनी व्यवस्था अनुसार अन्य व्यक्तिरसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।