२९ श्रावण २०८३, शुक्रबार

भोली उपत्यकामा सार्वजनिक विदा



काठमाडौं । भोलि अर्थात जेठ ११ गते काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ ।

सरकारले भोटे जात्राको अवसरमा बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ । मच्छिन्द्रनाथको जात्रा एक हजार ३०० वर्षअघि नै शुरु भएको मानिन्छ । तर, भोटो देखाउने जात्रा कहिलेदेखि सुरु भयो भने यकिन छैन ।