२९ श्रावण २०८३, शुक्रबार

उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला आयोजना, पाँच हजार युवा अवलोकन लक्ष्य



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला आयोजना गरेको छ । महासंघले आज अर्थात जेठ १६ र १७ गते महासंघको सचिवालय, टेकूमा उक्त मेला आयोजना गरेको हो ।

रोजगार मेलामा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोग र रोजगार सेवा केन्द्र एवं मेरो जवको प्राविधिक सहायता रहने छ ।

मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहने छ । कामको खोजीमा रहेका यूवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने, नयां अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक शीप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना भएको हो ।

कार्यक्रममा बोल्दैं महासंघका अध्यक्ष चन्द्र ढकालले स्वदेश मै नेपाली युवाको जनशक्तिलाई उपयोग गर्ने उद्धेश्यले उक्त मेला आयोजना गरेको बताए । उनले भने, “हाल बजेट मार्फत सरकारले निजी क्षेत्रको मनोबल उच्च राख्न खोजेको छ । निजी क्षेत्रको भुमिकाले नेपाली युवालाई स्वदेश मै स्रोजगारी बनाउने हाम्रो प्रमुख दायित्य हो ।”

रोजगार मेलामा ५४ कम्पनीहरुको सहभागिता रहने छ भने मेलामा कामको खोजीमा रहेका ५ हजार भन्दी बढी यूवाहरुलाई अवलोकन गराउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा रोजगारी, सिप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श शेसनहरु समेत आयोजना हुने छन् । उक्त मेलालाई एउटा क्यालेण्डर इभेन्टकोरूपमा हरेक साल आयोजना गर्ने कार्यक्रम महासंघको छ ।