कुन-कुन स्थानीय तहमा कति पुग्यो बजेट ?
काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान तर्फ डेढ खर्ब रुपैयाँ बजेट दिने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ मा सरकारले वित्तीय समानीकरण अनुदान तर्फ प्रदेश र स्थानीय तहलाई कुल १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ दिने भएको हो ।
समानीकरणतर्फ आगामी वर्ष प्रदेशले ५८ अर्ब ६७ करोड रुपैयाँ पाउनेछन् । स्थानीय तहले आगामी वर्षकम ८७ अर्ब ३५ करोड रुपैयाँ पाउने भएका हन् । सरकारले महानगरपालिकालाई समानीकरण अनुदानतर्फ २ अर्ब ६९ करोड, उपमहानगरपालिकालाई ३ अर्ब २६ करोड रुपैयाँ दिने भएको हो । यस्तै नगरपालिकाले ३७ अर्ब ७४ करोड र गाउँपालिकाले ४३ अर्ब ६५ करोड रुपैयाँ पाउने भएका हुन् ।
आगामी आवमा सरकाले प्रदेश र स्थानीय तहलाई सर्शत अनुदान तर्फ भने २ खर्ब २७ अर्ब ६१ करोड, विशेष अनुदान १३ अर्ब १८ करोड, समपुरक अनुदान (पुँजीगत) ६ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।
सर्शत अनुदान तर्फ भने प्रदेशले ३५ अर्ब ७१ करोड रुपैयाँ, स्थानीय तहले १ खर्ब ९१ अर्ब ८९ करोड रुपैयाँ पाउने भएका हुन् ।
त्यसैगरि विशेष अनुदान तर्फ भने प्रदेशमा ४ अर्ब ४५ करोड रुपैयाँ, स्थानीय तहमा ८ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सरकारले आगामी वर्षका लागि समपूरक अनुदान (पुँजीगत) तर्फमा भने प्रदेशलाई ६ अर्ब २२ करोड स्थानीय तहलाई ७ अर्ब ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।
अब हुेर्नहोस्, कुन स्थानी तहमा कति बजेट विनियोजन ?













